२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञानेन्द्रलाई श्रीपेच लगाएर खुट्टामा दाम चढाएर राजा बनाएको स्मरण गर्न दलहरुलाई राजेन्द्रको आग्रह



अ+ अ-

उदयपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले दरबार हत्या काण्डमा राजा ज्ञानेन्द्रको संलग्नता भएको प्रमाण पुऱ्याएर उनि माथी कारबाही गर्न दलहरु लाई चुनौती दिएका छन् ।

उदयपुरको बेलका नगरपालिकाको रामपुरमा शुक्रबार आयोजित राप्रपा बेलका नगर समितिले आयोजना गरेको सभामा बोल्दै उनले बिना प्रमाण र आधारमा राजालाई उक्त हत्या काण्डमा बदनाम गराउने उदेश्यले दलहरुले मुछ्ने प्रयास गरेको बताए ।

दरबार हत्या काण्ड भएको बेलाका प्रत्यक्षदर्शीहरु अहिले पनि जीवितै छन् उनीहरुसङ बयान लिएर, प्रमाण जुटाएर कारबाही गरे भै गयो नि ” उनले भने बिना प्रमाण कसैलाई बदनाम गराउने उदेश्यले जथाभावी बोल्न नहुने उनले बताए ।

उनले दरबार हत्या काण्डपछि काङ्ग्रेस, एमालेले उनै ज्ञानेन्द्रलाई श्रीपेच लगाएर खुट्टामा दाम चढाएर राजा बनाएको स्मरण गर्न आग्रह समेत गरेका छन् । आफै राजा बनाउने अनि आफै राजालाई हत्यारा भनेर आरोपित गर्ने ? उनले भने ।

उनले २०४६ सालको परिवर्तनपछि एउटै पात्र र एउटै प्रवृत्तिबाट देश संचालन हुँदा देशमा बिकास हुन नसकेको बताए । ”प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे भने पनि असफल तिनै पार्टी र त्यहि नेताबाट शासनको निरन्तरताले मुलुकले प्रगति गर्न नसकेको उनले आरोप लगाए ।

उनले नेतृत्व इमानदार र देशभक्त हुन नसक्दा तिन दशकमा मुलुक बन्न नसकेको, भ्रष्टाचार र लूटत्रन्त्र हाबी भएको बताए । पहिले कहॅा भ्रष्टाचार हुन्छ भनेर खोज्नु पर्थ्यो तर अहिले भ्रष्टाचार कहॅा छैन भन्नुपर्ने अवस्था रहेको उनले बताए ।

बिगतको चुनावमा गरेको गल्तीको कारण अहिले जनताले दुख पाएको उनले बताए । जहिले पनि काग्रेस, एमाले र माओबादीलाई सत्तामा पुऱ्याएको कारण मुलुकको अबस्था दिनप्रतिदिन नाजुक बन्दै गएको उनले बताए ।

अब बिगतको गल्तीलाइ सच्याउदै सहि पार्टी र नेतालाई नेतृत्वमा ल्याएर मुलुकलाई समृद्धि तर्फ अघि बढाउनुपर्छ, अहिलेको अवस्था आउनुमा राजनीतिक दलको मात्रै दोषी होइनन् तिनलाई मत दिने मतदाता पनि दोषी रहेको उनले गुनासो गरेका छन् । हामी राजनीतिमा विकल्प सहित आएका छौं, अब राप्रपा बाहेक अरुलाइ नेतृत्व दिन नहुने उनले बताए । आमसभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, प्रवक्ताद्वय भक्ति सिटौला, ज्ञानेन्द्र शाही, खुस्बु ओली लगायतले सम्बोधन गर्नुभएको छ।