२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई संसदीय समितिले भन्यो: अध्यागमनसम्बन्धि कानून समयानुकुल बनाऊ



file photo
अ+ अ-

काठमाडौँ । संसदीय समितिले अध्यागमनसम्बन्धि विद्यमान कानून तत्काल परिमार्जन गर्न सरकारलाई निर्देशन दिएको छ ।

आईतवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले अध्यागमन सम्बन्धि विद्यमान ऐन, नियम तत्काल परिमार्जन गर्न सरकारलाई निर्देशन दिएको हो ।

समयानुकुल हुनेगरी सो सम्बन्धि विधेयक तत्काल परिमार्जन गर्न गृह मन्त्रालयलाई निर्देश गरिएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिनुभयो । त्यसैगरी बैठकले मानव तस्करी नियन्त्रण र खुला सीमा सुरक्षा कडा चेकजाँचको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ । भिसा सम्बन्धि समस्या समाधान गर्न पनि सरकारलाई भनिएको समितिका सभापति खतिवडाले बताउनु भयो । समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपुग जनशक्ति तत्काल व्यवस्थापन गर्न र राष्ट्रिय सुरक्षा नीति परिमार्जन गर्न पनि प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयलाई निर्देशन दिएको छ ।

सभापति खतिवडाले भन्नुभयो, ‘अध्यागमन सम्बन्धमा विद्यमान ऐन, नियममा समयानुकूल परिमार्जन गर्न नेपाल सरकार गृह मन्त्रालयलाई निर्देशन दिने । मानव तस्करी नियन्त्रण गर्न नेपाल सरकार गृह मन्त्रालयलाई निर्देशन दिने । भिसा समस्या समाधान गर्न नेपाल सरकार गृह मन्त्रालयलाई निर्देशन दिने । भिक्षुहरुलाई श्रम भिसा दिनु भन्दा आवश्यक ऐन परिमार्जन गर्न नेपाल सरकारलाई निर्देशन दिने । सडकमा रहेका माग्नेलाई व्यवस्थित गर्न गृह मन्त्रालयलाई निर्देशन दिने । खुला सीमा सुरक्षा व्यवस्था कडा बनाउन नेपाल सरकार गृह मन्त्रालयले समन्वय गर्ने । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरी एयरपोर्टमा जनशक्ति अपुग भएकालेमा थप जनशक्ति व्यवस्थापन गर्न र बाहिरबाट आउँदा त्यहाँ भीड नदेखिने गरी यात्रुलाई सहजता दिने आवश्यक पहल गर्ने । राष्ट्रिय सुरक्षा नीति परिमार्जन गर्न नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई निर्देशन दिने निर्णय गरिएको छ ।’

समितिले सडकमा रहेका भोकानांगा नागरिकको उचित व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।