२३ असार २०८३, मंगलवार
,
Latest
अर्जेन्टिनाको रोमाञ्चक जित, इजिप्टले अग्रता जोगाउन नसक्दा पराजित प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीलाई १० प्रतिशत पनि समय नदिनेलाई माओवादीले कारबाही गर्ने, खटिनेलाई विशेष सम्मान



तस्बिरः रासस
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले पार्टीले सञ्चालन गरेको चार महिने विशेष रुपान्तरण अभियानका क्रममा पार्टीको जिम्मेवारी १० प्रतिशत पनि पुरा नगर्नेमाथि कारबाही गर्ने भएको छ ।

पार्टीको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० प्रतिशत पनि नखट्ने नेताहरुलाई कारबाही गर्ने घोषणा गर्नुभयो ।

कारबाहीका लागि सबै प्रदेशका इन्चार्जहरुलाई भोलि या पर्सीसम्ममा रिपोर्ट दिन पनि उहाँले निर्देशन दिनुभयो । रिपोर्टका आधारभा विधान अधिवेशनको अन्तिम दिन निर्णय गरेर अघि बढिने अध्यक्ष दाहालले बताउनुभयो ।

यस्तै, अभियानका क्रममा धेरै खटिने नेताहरुलाई विशेष सम्मान गरिने अध्यक्ष दाहालको भनाई छ ।