२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडा–११ विरुद्ध नेपाल ‘ए’ ले २० ओभरमा तीन विकेट गुमाएर ८३ रन बनायो



अ+ अ-

काठमाडौँ । मैत्रीपूर्ण एकदिवसीय प्रतियोगितामा क्यानडा–११ विरुद्ध तेस्रो तथा निर्णायक खेलमा नेपाल ‘ए’ टोलीले अहिले ब्याटिङ गरिरहेको छ ।

काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २०.३ ओभरमा तीन विकेट गुमाएर ८३ रन बनाएको छ ।

नेपालको लागि आशुतोष घिरैयाले ४३ बलमा ५ चौकासहित २८ रन बनाएर आउट भए । यस्तै शेर मल्ल शुन्य रन बनाएर आउट भए । यस्तै, २०. ३ ओभरमा अर्जुन कुमाल २७ रन बनाएर आउट भए । अहिले क्रिजमा कप्तान सन्दीप जोरा (२३) र सुजन थपलिया रहेका छन् ।

तीन खेलको शृंखला हाल १–१ को बराबरीमा छ । आजको खेलमा विजयी हुने टोलीले शृंखला आफ्नो पक्षमा पार्नेछ । पहिलो एकदिवसीय खेलमा क्यानडा–११ ले नेपालको ‘ए’ टोलीलाई चार विकेटले हराएको थियो । दोस्रो खेलमा भने नेपालको ‘ए’ टोलीले क्यानडा–११ लाई दुई विकेटले हराएको थियो ।