२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमलको राजेन्द्रलाई सुझाब: हिन्दुराष्ट्र र राजसंस्थाको स्थापनाहुने माहौल बनेको छ, त्यसलाई तुहाउने काम राप्रपाबाट नहोस्



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजसंस्थाको स्थापनाहुने माहौल बन्दै गएकोले त्यसलाई तुहाउने काम राप्रपाबाट नहोस् भन्दै खबरदारी गर्नुभएको छ ।

बुधबार मात्र राप्रपाले बिभिन्न ४० बुँदे माग राखेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको प्रति टिप्पणी गर्दे राप्रपा अध्यक्ष थापाले हिन्दुराष्ट्रको पक्षमा काँग्रेस महासमितिमा आवाज उठनु,राप्रपाले हिन्दुराष्ट्र र राजसंस्थाको स्थापना,संघीयता खारेजीको माग राखेर आन्दोलन गर्ने घोषणागर्नु सकारात्मक छ।

लेख्नु भएको छ -हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा हुने संघर्षमा राप्रपा नेपालको समर्थन छ।तर,यो जनताको आंखामा छारो हाल्ने काम नहोस्।

उहाँले सामाजिक संञ्जालमा लेख्नु भएको छ-

हिन्दुराष्ट्रको पक्षमा काँग्रेस महासमितिमा आवाज उठनु,राप्रपाले हिन्दुराष्ट्र र राजसंस्थाको स्थापना,संघीयता खारेजीको माग राखेर आन्दोलन गर्ने घोषणागर्नु सकारात्मक छ।हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा हुने संघर्षमा राप्रपा नेपालको समर्थन छ।तर,यो जनताको आंखामा छारो हाल्ने काम नहोस्।

विगतमा पनि महासमितिको बैठकको बेला हिन्दुराष्ट्रको पक्षमा हस्ताक्षर संकलन गरियो।त्यसलाई काँग्रेसले रद्दिको टोकरीमा फ्याल्यो।अभियानकर्ता सुते।राप्रपाले २०७९ असार १ मा पनि तत्कालीन प्रमलाई ज्ञापनपत्र बुझाएको थियो।माग पुरा नभए सशक्त जनसंघर्ष गर्ने भनियो।त्यसपछी के भयो सबैलाई थाहा छ।

गणतन्त्रको संवाहक प्रचण्डको सरकारमा गयो।जबकि विगतमा प्रचण्ड सरकारमा जानु गंभीर राजनीतिक भुल हो भन्ने राप्रपा केन्द्रीय समितिको निर्णय छ।प्रदेश सभामुख खायो।
फेरी त्यस्तै नहोस्।अहिले हिन्दुराष्ट्र र राजसंस्था स्थापनाहुने माहौल बनेको बेला त्यसलाई तुहाउने काम कमसे कम राप्रपाबाट नहोस्