२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंगलोरले पञ्जाबलाई ४ विकेटले हरायो, आईपीएलमा विराटको ५१औँ अर्धशतक



अ+ अ-

काठमाडौँ । विराट कोहलीको विस्फोटक इनिङ्सको आधारमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)ले इन्डियन प्रिमियर लिग–२०२४ मा पहिलो जित हात पारेको छ ।

चालू सिजनको छैटौं खेलमा बैंगलोरले पञ्जाब किंग्स (पीबीकेएस) लाई ४ विकेटले पराजित गरेको हो ।

सोमबार एम चिन्नास्वामी स्टेडियममा बेंगलुरुले १९.२ ओभरमा ६ विकेट गुमाएर १७७ रनको लक्ष्य पुरा गरेको थियो । पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो । विराट कोहलीले ४९ बलमा ७७ रनको इनिङ खेले । उनले ११ चौका र २ छक्का प्रहार गरे ।

कोहलीले आईपीएलमा आफ्नो ५१ औं अर्धशतक बनाएका छन् । यो उनको टी–२० करियरमा १०० औं ५०ं स्कोर हो । उनी यस्तो गर्ने पहिलो भारतीय ब्याट्सम्यान बने । विराट खेलको प्लेयर अफ द म्याच चुनिए ।

पहिले ब्याटिङमा आएको पञ्जाब किंग्सको सुरुवात खासै राम्रो रहेन । टोलीले १७ रनमा जोनी बेयरस्टोको विकेट गुमाएको थियो । यहाँबाट कप्तान शिखर धवन (३७ बलमा ४५ रन) र प्रभसिमरन सिंह (१७ बलमा २५ रन)ले ७० रन पार गरे । यी दुईबीच ३८ बलमा ५५ रनको साझेदारी भयो ।

प्रभसिमरन आउट भएपछि मध्यक्रममा लियाम लिभिङ्स्टन .१७ रन), साम करन (२३ रन) र जितेश शर्मा (२७ रन)ले छोटो इनिङ्स खेलेर योगदान दिए । त्यसपछि अन्तिममा शशांक सिंहले ८ बलमा २१ रन बनाएर स्कोरलाई १७६ रनमा पुर्याए । बैंगलोरका लागि मोहम्मद सिराज र ग्लेन म्याक्सवेलले २–२ विकेट लिए ।

१७७ रनको लक्ष्य पछ्याउँदै विराट कोहली र कप्तान फाफ डु प्लेसिसले २६ रनको साझेदारी गर्दै पञ्जाबको तुलनामा बैंलोरलाई राम्रो सुरुवात गराए । कप्तान डु प्लेसिस आउट भएपछि क्यामरुन ग्रीन ३ रन बनाएर प्याभिलियन फर्किएका थिए । ग्लेन म्याक्सवेलले पनि ३ रन मात्र बनाउन सके ।

अनुज रावतले ११ रन, दिनेश कार्तिकले २८ र महिपाल लोमरोरले १७ रन बनाएर टोलीलाई जित दिलाए । पञ्जाबका लागि कागिसो रबाडा र हरप्रीत ब्रारले २–२ विकेट लिए ।

आजको खेलः
चेन्नई सुुपर किंग्स भर्सेस गुजरात टाइटन्स – ७ः४५ बजे