२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु परिवर्तनबाट नेपालले गम्भीर खतराहरूको सामना गरिरहेको छ: मन्त्री बस्नेत



file photo
अ+ अ-

काठमाडौँ । उर्जा जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका कारण नेपालले गम्भीर खतराहरूको सामना गरिरहेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा राष्ट्रिय प्रकृति संरक्षण कोषले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अहिले जलवायु परिवर्तनका मुद्दाहरूलाई नेपालले मुख्य रुपमा उठाइरहेको बताउनु भयो । उहाँले नेपालमा रहेका हिमालय र हिमनदीहरू तिब्र रूपमा पग्लिरहेको बताउनु भयो । उहाँले जलवायु परिवर्तनबाट निम्तिएका चुनौतिहरुको सामना गर्न नेपाललाई क्षतिपूर्ति दिन आवश्यक रहेको बताउनु भयो । मन्त्री बस्नेतले पछिल्लो दशकमा नेपालमा बाघको संख्या झन्डै तीन गुणा बढेको र एकसिङ्गे गैँडाको संख्यामा पनि उल्लेखनीय वृद्धि भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘वर्तमान सन्दर्भमा जलवायु परिवर्तनका मुद्दाहरू मुख्य छन् । हिमाली राष्ट्रको रूपमा, नेपालले जलवायु परिवर्तनबाट गम्भीर खतराहरूको सामना गरिरहेको छ । हाम्रा हिमालय र हिमनदीहरू तिब्र रूपमा पग्लिरहेका छन् । यस संकटलाई निम्त्याउने उत्सर्जनको लागि हामी थोरै जिम्मेवारी वहन गर्दा पनि हामी यसको प्रभावलाई न्युनिकरण गर्न र यसका चुनौतिहरूलाई अनुकुलन गर्ने हाम्रो प्रतिवद्धता कायम राखेका छाँै । पछिल्लो दशकमा नेपालमा बाघको संख्या झन्डै तीन गुणा बढेको छ र एकसिङ्गे गैँडाको संख्यामा पनि उल्लेखनीय वृद्धि भएको छ । यस सन्दर्भमा म विश्व समुदायलाई हामीले प्रदान गर्ने अमूल्य वातावरणीय सेवाको लागि नेपाललाई चिन्न र क्षतिपूर्ति दिन आह्वान गर्दछु । अर्बौं मानिसलाई पानीको प्रवन्ध गर्नेदेखि लिएर सङ्कटमा परेका प्रजातिको संरक्षणसम्म, विश्वव्यापी वातावरणीय स्थिरतामा नेपालको योगदान अतुलनीय छ ।’

मन्त्री बस्नेतले विश्वव्यापी वातावरणीय स्थिरतामा नेपालको योगदान अतुलनीय रहेको बताउनु भयो ।