२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिमानी खेलमा हैदराबादले मुम्बईलाई ३१ रनले हरायो



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग–२०२४ मा सनराइजर्स हैदराबादले पहिलो जित हासिल गरेको छ । टोलीले बुधबार जारी सिजनको आठौं खेलमा मुम्बई इन्डियन्स लाई ३१ रनले पराजित गरेको हो ।

बुधबार राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा मुम्बईले टस जितेर बलिङ रोजेको थियो । हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर २७७ रन बनाएको थियो । जवाफमा मुम्बई इन्डियन्सले २० ओभरमा ५ विकेट गुमाएर २४६ रन मात्रै बनाउन सक्यो ।

हैदराबादले आईपीएल इतिहासमा सर्वाधिक रन बनायो । यसअघिको कीर्तिमान आरसीबीको नाममा थियो । बैंगलोरले २०१३ सिजनमा पुणे वारियर्सविरुद्ध २६३ रन बनाएको थियो । खेलको प्लेयर अफ द म्याच अभिषेक शर्मा भए ।

हैदराबादका लागि अभिषेक शर्माले २३ बलमा ६३ रन, ट्राभिड हेडले २४ बलमा ६२ रन र हेनरिक क्लासेनले ३४ बलमा ८० रन बनाए । एडेन मार्करामले २८ बलमा ४२ रनको योगदान दिए ।

हार्दिक पाण्ड्या , जेराल्ड कोत्जे र पियुष चावलाले एक–एक विकेट लिए । मुम्बई इन्डियन्सका तर्फबाट तिलक वर्माले ३४ बलमा ६४ रन, टिम डेभिडले २२ बलमा ४४ र इशान किशनले १३ बलमा ३० रन बनाएका थिए । हैदराबादका प्याट कमिन्स र जयदेव उनाडकटले २–२ विकेट लिए ।

हेड र अग्रवालको जोडीले २५ बलमा ४५ रनको ओपनिङ साझेदारी गर्दै हैदराबादको ठूलो स्कोरको जग बसाएका थिए । ट्राभिस हेड र अभिषेक शर्माले २३ बलमा ६८ रनको साझेदारी गर्दै सय रन पार गरे । त्यसपछि हेनरिक क्लासेनसँगै अभिषेक शर्मा र एडेन मार्करामले २ सय ७८ रन बनाएका थिए ।

जवाफी इनिङ्समा रोहित–इशानले द्रुत सुरुवात गरेपछि मिडल अर्डरमा तिलक वर्मा र नमन धीरले ३७ बलमा ८४ रन बनाएर मुम्बईलाई रनको लक्ष्यमा राखेको थियो । तर टोलीले नियमित अन्तरालमा विकेट गुमायो र २४६ रन मात्रै बनाउन सक्यो ।

आजको खेलः राजस्थान रोयल्स भर्सेस दिल्ली क्यापिटल्स – बेलुका ७ः४५ बजे