२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनल पुनः प्रिमियर लिगको शीर्षस्थानमा उक्लियो



अ+ अ-

काठमाडौँ । आर्सनल प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । आर्सनलले गएराति भएको खेलमा लुटन टाउनमाथि २–० गोलको जित निकालेको हो ।

घरेलु मैदान इमिरेट्समा आर्सनललाई जित दिलाउन मार्टिन ओडेगार्डले एक गोल गरे भने अर्को गोल आर्सनलले उपहारस्वरुप पायो । खेलको २४ औं मिनेटमा ओडेगार्डले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

४४ औं मिनेटमा लुटनका डाइकि हासिओकाले आत्मघाती गोल गरेपछि आर्सनलले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो । यद्यपि, दोस्रो हाफमा भने दुबै टोलीबाट कुनै गोल निस्किन सकेन ।

आर्सनलको ३० खेलबाट ६८ अंक छ । एक खेल कम खेलेको लिभरपुल ६७ अंकका साथ दोस्रो स्थानमा रहँदा ३० खेलबाट ६७ अंकसहित म्यान्चेस्टर सिटी तेस्रो स्थानमा छ । लुटन ३१ खेलबाट २२ अंकका साथ १८ औं स्थानमा छ ।