२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पती छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई गगनको पत्र–यस्तो गल्ती नगर्नुहोस् !



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले त्रिभुवन विश्वविद्यालयका पदाधिकारी नियुक्तिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई खुला पत्र लेख्नु भएको छ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा रेक्टर र रजिस्ट्रारसहितका पदाधिकारी नियुक्तिलाई लिएर नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री खुला पत्र लेख्नु भएको हो ।

बिहीबार साँझ सामाजिक सञ्जालमार्फत सांसदसमेत रहेका थापाले त्रिविका उपकुलपतिले दलीय प्रभावबाट अलग रहेर रेक्टर र रजिस्ट्रारलगायतका पदाधिकारी नियुक्ति अगाडि बढाउन खोजेको तर उनको प्रयासलाई प्रधानमन्त्रीले रोकेको खबरबारे ध्यानाकर्षण गराउनु भएको छ ।

पत्रमा भनिएको छ “ूप्रधानमन्त्रीज्यू, विनम्रतापूर्वक आग्रह छ, फेरि यस्तो गल्ती नगर्नुहोस् । यो गल्ती सच्याउने मौका हो, विश्वविद्यालयलाई दलीय भागबन्डाको दलदलबाट निकाल्ने मौका हो, प्रक्रियालाई अवरोध होइन, कुलपतिको हैसियतले सहजीकरण गर्नुहोस् ।’

पत्रको पूर्णपाठ

सम्माननीय प्रधानमन्त्रीज्यू,

स्वीकार्नै पर्छ, हाम्रै व्यवस्थापकीय कमजोरीका कारण हाम्रा विश्वविद्यालय दलीयकरणको दुष्चक्रमा फसेर थला परेका हुन् । त्यो कमजोरी सच्याउने जिम्मेवारी हाम्रै हो । यही सोंचका साथ केही समयदेखि विश्वविद्यालयलाई दलीयकरणको दलदलबाट निकाल्न प्रयास गर्दै आएका छौं । यसका निम्ति हालका कानून बदल्नुपर्छ, भन्नेमा प्रष्ट छौं, सरकारले ल्याउने उच्च शिक्षा सम्बन्धि विधेयकमा संसदमा काम गर्नु पर्ने छ, गर्ने नै हो । तर, ती कानून बन्नुभन्दा अगाडि विश्वविद्यालयहरूमा जति पनि नियुक्ति हुन्छन दलीय भागबण्डाबाट मुक्त भएर गरियोस् भन्ने कुरामा हाम्रो प्रयास निरन्तर छ ।

यसपटक त्रिवि उपकुलपति नियुक्ति प्रक्रिया बदल्न हामीले गरेको वकालत र प्रयासमा तपाईं अनविज्ञ हुनुहुन्न । यद्यपि त्रिवि उपकुलपतिको नियुक्ति प्रक्रिया जुन ढङ्गले गरियो त्यसमा हाम्रो प्रश्न नै रह्यो । तर, अहिले त्रिविका उपकुलपति स्वयंले दलीय प्रभावबाट अलग रहेर प्रचलित कानून बमोजिम रेक्टर र रजिस्ट्रार लगायतका पदाधिकारी नियुक्ति अगाडि बढाउन खोजेको देख्दा केही आशा पलाएको थियो । तर, त्यो प्रयासलाई पनि तपाईंले रोक्नुभयो भन्ने खबर छ ।

प्रधानमन्त्रीज्यू, विनम्रतापूर्वक आग्रह छ, फेरी यस्तो गल्ति नगर्नुहोस् । यो गल्ति सच्याउने मौका हो, विश्वविद्यालयलाई दलीय भागबण्डाको दलदलबाट निकाल्ने मौका हो, प्रक्रियालाई अवरोध होइन कुलपतिको हैसियतले सहजिकरण गर्नुहोस् ।

 




भर्खरै