२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वयम्भू : काठमाडौं उपत्यका स्थापनासँग जोडिएको तथ्य (फोटो फिचर)



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकाको पश्चिममा रहेको ऐतिहासिक र धार्मिक स्थल हो स्वयम्भू । स्वयम्भूनाथ प्रसिद्ध बौद्ध स्तूप हो । यसलाई महाचैत्य पनि भनिन्छ । संस्कृत भाषामा स्वयम्भूको अर्थ स्वयम् उत्पत्ति भएको भूमि भन्ने हो ।

काठमाडौं महानगरपालिका –१५ स्थित स्वयम्भूलाई काठमाडौं उपत्यकाको स्थापनासँग जोडेर हेर्ने गरिन्छ । काठमाडौं उपत्यकाको स्थापना र नेपालको इतिहासमा पनि स्वयम्भूनाथको ठूलो भूमिका रहेको छ । भगवान मन्जुश्रीले काठमाडौँको स्थापना गर्नु अघि यो भूमिमा बसेर तपस्या गर्नु भएको उल्लेखित पुराना ग्रन्थहरूमा पाईन्छ । नेवारीबाट स्येँको अर्थ स्वयं, गुँको अर्थ वनबाट स्येँगु र यसै शब्दलाई पछि स्वयम्भू भनि आएको हो ।

काठमाडौं उपत्यकामा पानी भरिएका बेलामा यहाँ विपस्वी बुद्ध आएर तीनपल्ट वरिपरीको पहाडमा घुमेर नागार्जुनको टुप्पोमा बसि तपस्या गरेका थिए । त्यसपछि वैशाख पूर्णिमाका दिन कमलको बीउ दक्षिण फर्कि दहमा रोपेका थिए । अर्को सालको बैशाख पूर्णिमाको दिन कमलको फूल उम्रेको र त्यसमा पञ्चरश्मीसहित स्वयम्भू महाचैत्यको उत्पति भएको मानिन्छ ।

किम्बदन्ती स्वयम्भु पुराण अनुसार, पहिले उपत्यका ठूलो तालको रूपमा थियो । जसबाट कमलको फूलको उत्पत्ति भएको थियो । त्यसपछि यसको नाम स्वयम्भू रहन गएको हो । जसको अर्थ हो “स्वयं उत्पत्ति भएको भूमि” भन्ने बुझिन्छ । स्वयम्भू महाचैत्यलाई पर्यटकहरु Monkey Temple भनेर पनि सम्बोधन गर्छन् । किनकी मन्दिरको उत्तर–दक्षिण भेगतिर प्रसस्त बाँदर पाईन्छन् ।

अर्को किम्बदन्ती छ– बोधिसत्व मञ्जुश्रीले एकपटक स्वयम्भूमा कमलको फूल देख्नुभयो र त्यहाँ गएर पूजाआजा गर्नुभयो । उहाँले त्यहाँ मानिसको राम्रो बसोबास हुन सक्ने देखेर चोभारलाई काटेर काठमाडौँको सबै पानी बाहिर पठाउनु भयो र हाल काठमाडौ उपत्यका रहन गएको हो र कमलको फूल भएको स्थान पहाडमा परिणत भयो र फूल स्वयम्भू महाचैत्य स्तूप रहन गयो ।

नेपालको एक प्रमुख पर्यटकीय गन्तव्य बनेको स्वयम्भूमा हरेक दिन स्वदेशी तथा विदेशी गरी हजारौं पर्यटक पुग्ने गर्छन् । यहाँबाट काठमाडौं उपत्यकाको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ ।

फोटो- न्यूजपोलार




भर्खरै