२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपूर्वका देशहरूमा ठूलो युद्धको सम्भावना



तस्बिर : बीबीसी
अ+ अ-

काठमाडौं । इरानले इजरायलमाथि आक्रमण थालेको छ । इजरायलले जवाफ दिने चेतावनी दिएको छ ।

इलरायलको स्थानीय समयअनुसार राति पौने २ बजे राजधानी जेरुसेलम शहरका प्रतिरक्षा प्रणाली सक्रिय भएको र ठूलो विस्फोट हुँदा शहरभरी उज्यालो देखिएको बीबीसीले जनाएको छ ।

इरानले इजलायलमाथि लगातार ड्रोन आक्रमण गरेपछि विस्फोट भएको हो । इरानले प्रहार गरेका ड्रोन इजरायलको प्रतिरक्षा प्रणालीले नष्ट गरेको हो केही ड्रोन भने अमेरिकी सेनाले रोकि दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यही अप्रिल १ मा इजरायलले सिरियाको दमास्कसस्थित इरानी दूतावासनजिकै हवाई आक्रमण गर्दा इरानका दुई जना शीर्ष सेना कमान्डरसहित १३ जनाको ज्यान गएको थियो । यो घटनापछि आक्रोसित इरानले इजरायलमाथी आक्रमण थालेको हो ।

इजरायल–हमास युद्धका बेला इरान–इजरायल प्रत्यक्ष टकराव नभए पनि दमास्कस घटनापछि दुई देशबीच समस्या बढेको हो । इजरायली प्रधानमन्त्री वेन्जामिन नेतान्याहूले अहिले आफुहरु प्रतिरक्षामा रहेको र प्रत्याक्रमणबारेमा चाँडै निर्णय गर्ने बताएका छन् ।

इरानले इजरायलमा आक्रमण शुरु गरेसँगै मध्यपूर्वका देशमा ठूलो युद्धको सम्भावना बढेको छ । यसअघि इजरायल–हमास युद्धका क्रममा मध्यपूर्वमा युद्ध भड्किनबाट जोगिएको भए पनि इरानसँगको युद्ध फरक हुने अन्तर्राष्ट्रिय सुरक्षा विश्लेषकहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।