२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगमा आज आर्सनल र टोटेनहमबीच प्रतिस्पर्धा, म्यान्चेस्टर सिटीले नटिङहमसँग खेल्दै



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज ३ खेलहरु हुँदैछन् । पहिलो खेलमा लण्डनका दुई क्लब टोटेनहम र आर्सनलबीच प्रतिस्पर्धा हुँदैछ । यस्तै, सोही समयमा बर्नमाउथ र ब्राइटन पनि भिड्दैछन् । आजै राति म्यान्चेस्टर सिटी र नटिङहम फरेस्टबीच पनि प्रतिस्पर्धा हुँदैछ ।

उपाधि होडमा रहेका आर्सनल र म्यान्चेस्टर सिटी दुबैलाई खेल जित्नुपर्ने दबाब छ । आर्सनल ३४ खेलमा ७७ अंकका साथ शीर्षस्थानमा रहेको छ । एक खेल कम खेलेको ७६ अंकका साथ दोस्रो स्थानमा छ ।

शनिबार लिभरपुलले वेस्टहाम युनाइटेडसँग बराबरी खेलेको थियो । जसबाट उसलाई उपाधि होडमा धक्का लागेको छ । ३५ खेल खेलेको लिभरपुल ७५ अंकका साथ तेस्रो स्थानमा छ ।

अब लिभरपुलले ३ खेलमात्र खेल्न बाँकी छ । आर्सनलले आजको खेलपछि बर्नमाउथ, म्यान्चेस्टर युनाइटेड र अन्तिममा एभर्टनसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै, म्यान्चेस्टर सिटीले आजको खेलपछि वल्भ्स, फुलहम, टोटेनहम र अन्तिममा वेस्टहाम युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ ।

लिभरपुलका अबका बाँकी तिन खेल टोटेनहम, एस्टन भिल्ला र वल्भ्ससँग रहेका छन् । अबका बाँकी खेलमा हार ब्यहोर्ने टोलीलाई लिग जित्न कठिन हुनेछ । तसर्थ जित्नैपर्ने दबाबका साथ यी टोलीहरु उत्रिँदा उपाधि होड थप रोमाञ्चक बनेको छ ।

आजका खेलहरुः
टोटेनहम भर्सेस आर्सनल – साँझ ६ः४५ बजे
बर्नमाउथ भर्सेस ब्राइटन – साँझ ६ः४५ बजे
नटिङहम फरेस्ट भर्सेस म्यान्चेस्टर सिटी – राति ९ः१५ बजे




भर्खरै