२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः बायर्न र रियलले बराबरी खेले



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा जर्मन क्लब बायर्न म्युनिख र स्पेनिस क्लब रियल मड्रिडले बराबरी खेलेका छन् ।

गएराति बायर्नको घरेलु मैदान एलियन्ज एरिनामा भएको खेलमा दुबै टोली २–२ गोलको बराबरीमा रोकिएका हुन् ।

खेलको २४ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै पाहुना टोली रियललाई सुरुवाती अग्रता दिलाएका थिए । यता, ५३ औं मिनेटमा लेरोइ सानेले गोल गर्दै बायर्नलाई १–१ गोलको बराबरीमा ल्याए ।

५७ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै बायर्नलाई २–१ गोलले अघि बढाए । ८३ औं मिनेटमा भिनियिसयसले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै रियललाई २–२ को बराबरी गर्दै पहिलो लेग सकाए । उनले पेनाल्टीमा गोल गरेका हुन् ।

अब यी दुई टोलीबीचको दोस्रो लेगको खेल आगामी हप्ता मे ९ मा हुनेछ ।




भर्खरै