३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

के हो ‘स्लीप डिभोर्स’, सम्बन्धमा राम्रो कि नराम्रो ?



सांकेतिक तस्बिर
अ+ अ-

एजेन्सी । काम गर्ने जोडीहरूलाई व्यक्तिगत र व्यावसायिक जीवन बीच सन्तुलन कायम राख्न धेरै गाह्रो छ । जसका कारण धेरै दम्पतीको अधिकांश समय झगडामा बित्छ । यसमा विकल्प छ जसलाई अपनाएर यी मतभेद हटाउन सकिन्छ र त्यो हो स्लीप डिभोर्स ।

के हो स्लीप डिभोर्स ?
स्लीप डिभोर्स, जसमा जोडीहरू आफ्नो आवश्यकता र आराम अनुसार छुट्टै सुत्न रुचाउँछन् । हाम्रो आजको जीवनशैली र कार्य संस्कृतिले यही प्रवृत्तिलाई जन्म दिएको छ । नाइट शिफ्ट, एक पार्टनरको घुर्ने बानी वा राति अबेरसम्म फोनमा बस्ने बानीले अर्को पार्टनरको निद्रामा बाधा पुर्‍याउँछ, त्यसको समाधान स्लीप डिभोर्स हो । यो प्रवृत्ति सहरमा बढी देखिएको छ ।

यसका फाइदाहरु
फाइदाका आधारमा स्लीप डिभोर्स गर्ने चलन निकै लोकप्रिय बन्दै गएको छ र दम्पतीले पनि यसलाई पछ्याइरहेका छन् । खाना र निद्रा शरीरको कामका लागि सबैभन्दा महत्त्वपूर्ण दुई चीज हुन्।

यी दुई कुराको कमीले तपाईको सम्पूर्ण दिनचर्या, राम्रो सम्बन्धलाई समेत बाधा पुर्‍याउन सक्छ । स्लीप डिभोर्सलाई सुखी दाम्पत्य जीवनको अन्त्य नठान्नुहोस्, बरु यो सोच्नुहोस् कि यदि व्यक्ति तनावमुक्त रह्यो भने उसले सबै कुरा सजिलै व्यवस्थापन गर्न सक्छ ।

स्लीप डिभोर्सले सम्बन्धलाई कसरी असर गर्छ ?
१. कनेक्शनमा कमि
छुट्टै सुत्दा पार्टनरसँगको घनिष्ठताको भावना हराउन थाल्छ । सुत्ने कोठा त्यो ठाउँ हो जहाँ हामी आफ्नो प्रेम, गुनासो र अन्य धेरै कुराहरू आफ्नो पार्टनरसँग साझा गर्छौं । जसका कारण आपसी सम्बन्ध बढ्छ, तर स्लीप डिभोर्समा यी कुराका लागि समय हुँदैन, जसका कारण लगाव कम हुन थाल्छ र सम्बन्धमा रहँदा पनि अलगावको अनुभूति हुन्छ ।

२. रोमान्सको कमी
यो अति आवश्यक कुरा हो । फरक–फरक कोठामा सुत्दा बिस्तारै प्रेम र रोमान्स कम हुँदै जान्छ, जसले तपाईंको वैवाहिक जीवनमा बाधा पुर्‍याउन सक्छ र विछोडको कारण पनि बन्न सक्छ । व्यक्तिगत जीवनसँग सम्बन्धित कुनै पनि समस्याले तपाईको व्यावसायिक जीवनलाई पनि असर गर्छ ।

३. खुशीमा कमी
स्लीप डिभोर्सका कारण काम गर्ने दम्पतीको जीवनबाट पनि खुशी हराउँदै गएको छ । दिनभर अफिसमा बिताएपछि घरको काम सकेर राति मात्रै एकअर्कासँग समय बिताउने मौका मिल्छ । यस्तो अवस्थामा छुट्टाछुट्टै सुत्ने निर्णय दुवैलाई गाह्रो हुन सक्छ । जसका कारण आपसी मनमुटाव बढ्न थाल्छ ।

४. असुरक्षित महसुस
स्लीप डिभोर्सका कारण पार्टनरले असुरक्षित पनि महसुस गर्न सक्छ । वास्तवमा, बिहेपछि बेड सेयरिङ एकदम सामान्य कुरा हो, तर यदि एक जोडी राम्रो निद्राको लागि अलग सुत्न चाहन्छ भने, अर्कोले यसलाई दूरी बनाउनको लागि बहाना मान्न सक्छ । तिनीहरू सधैं डराउँछन् कि तिनीहरूको सम्बन्धमा तेस्रो व्यक्ति प्रवेश गरेको छ । जसका कारण अनावश्यक तनाव र झगडा भइरहन्छ ।