२४ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीका मुख्यमन्त्री केजरीवालले जुन १ सम्म अन्तरिम जमानत पाए, चुनाव प्रचार गर्न सक्ने



अ+ अ-

नयाँदिल्ली । भारतीय सर्वोच्च अदालतले शुक्रबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जुन १ सम्म अन्तरिम जमानत दिएको छ ।

उनलाई जुन २ मा जुनसुकै अवस्थामा आत्मसमर्पण गर्न भनिएको छ । उनको चुनावी अभियानमा कुनै प्रतिबन्ध लाग्ने छैन । तर उनले मुद्दाको बारेमा बोल्न पाउने छैनन् ।

दिल्ली रक्सी नीति मुद्दामा केजरीवाल ४० दिनदेखि तिहाड जेलमा छन् । उनी आज साँझसम्म जेलबाट बाहिर आउन सक्नेछन् । अदालतले शुक्रबार दिउँसो २ बजे एक लाइनमा फैसला सुनाएको हो । अदालतको पूर्ण आदेश भने आइसकेको छैन ।

सर्वोच्चले आफ्नो फैसलामा ३ कुरा भनेको छ – केजरीवालले मदिरा नीति मुद्दामा बोल्न पाउने छैनन्, चुनाव प्रचारप्रसार गर्न सक्ने र जुन २ मा आत्मसमर्पण गर्नुपर्नेछ ।