२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर युनाइटेडलाई हराउँदै आर्सनल फेरि प्रिमियर लिगको शीर्षस्थानमा उक्लियो



अ+ अ-

काठमाडौँ । आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा आर्सनलले म्यान्चेस्टर युनाइटेडलाई हरायो ।

युनाइटेडको घरेलु मैदान वर्ल्ड ट्राफोर्डमा आर्सनल १–० गोलले विजयी भएको हो । आर्सनललाई जित दिलाउन एकमात्र निर्णायक गोल लियान्ड्रो ट्रोसार्डले गरे ।

उनले खेलको २० औं मिनेटमा गोल गरेका हुन् । काई हाभेट्रजको पासमा उनले बललाई जाली चुमाए ।

जितसँगै आर्सनलले ३७ खेलबाट ८६ अंक जोडेको छ । एक खेल कम खेलेको म्यान्चेस्टर सिटी ८५ अंकसहित दोस्रो स्थानमा छ । अब आर्सनलले अन्तिम खेल एभर्टनसँग खेल्नेछ भने म्यान्चेस्टर सिटीले टोटेनहम र वेस्ट हाम युनाइटेडसँग खेल्नेछ ।

यता, पराजित म्यान्चेस्टर युनाइटेड ३६ खेलबाट ५४ अंकसहित तालिकाको आठौं स्थानमा छ ।




भर्खरै