३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुजरातका लागि वर्षा बन्यो घातक, प्लेअफबाट बाहिरियो



अ+ अ-

काठमाडौँ । आईपीएल–२०२४ मा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । योसँगै गुजरातको टोली चालू सिजनको प्लेअफको दौडबाट बाहिरिएको छ । उता, कोलकाताको टप–२ मा स्थान पक्का भएको छ ।

अहमदाबादमा सोमबार साँझदेखि रातिसम्म पानी परेको थियो । यस्तो अवस्थामा अम्पायरहरूले दुवै कप्तानसँग छलफल गरेर खेल रद्द गर्ने निर्णय गरेका हुन् । दुवै टोलीलाई एक–एक अंक दिइएको छ ।

यस खेलबाट एक अंकको साथ कोलकाता १९ अंकमा पुगेको छ भने गुजरातको मात्र ११ अंक छ र टोलीले १६ मेमा सनराइजर्स हैदरावादविरुद्ध जित हासिल गरे पनि १३ अंक मात्र जोड्न सक्ने छ । जुन प्लेअफका लागि पर्याप्त छैन ।

अर्कोतर्फ कोलकाताले टप–२ मा रहन पक्का गरेको छ । किनभने अब अंक तालिकामा रहेका दुई टोलीले १९ वा सोभन्दा बढी अंक जोड्न सक्ने छैनन् । अहिले राजस्थानसँग २० अंक पुग्ने मौका छ ।