२३ जेष्ठ २०८३, शनिबार
,
Latest
हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

हैदराबादलाई हराउँदै कोलकाता चौंथोपटक आईपीएलको फाइनलमा



अ+ अ-

काठमाडौँ । कोलकाता नाइट राइडर्स (केकेआर) आईपीएलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा केकेआरले सनराइजर्स हैदरावाद (एसआरएच) लाई ८ विकेटले पराजित गरेको हो ।

कोलकाता चौथो पटक यस लिगको फाइनलमा पुगेको छ । यसअघि टोली २०२१ मा फाइनल पुगेको थियो । योसँगै हैदराबाद दोस्रो पटक क्वालिफायर १ मा पराजित भएको छ ।

यद्यपि, सनराइजर्ससँग क्वालिफायर–२ जितेर फाइनल पुग्ने सम्भावना अझै बाँकी छ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा टस जितेर ब्याटिङ रोजेको हैदरावाद १९.३ ओभरमा १५९ रनमा अलआउट भयो ।

जवाफमा कोलकाताले १३.४ ओभरमा २ विकेटमा जित हात पारेको थियो । श्रेयस अय्यरले ट्राभिस हेडको ओभरमा लगातार ४ चौका प्रहार गर्दै टोलीलाई जित दिलाए । उनले ३ छक्का र १ चौका प्रहार गरे । खेलको प्लेयर अफ द म्याच मिचेल स्टार्क भए । उनले ३४ रनमा ३ विकेट लिए ।

हैदराबादको तर्फबाट राहुल त्रिपाठीले ५५ रनको इनिङ खेले । उनी टिमका लागि अर्धशतक बनाउने एक मात्र ब्याट्सम्यान थिए । उनका अलावा हेनरिक क्लासेनले ३२ र प्याट कमिन्सले ३० रन बनाए । मिचेल स्टार्कले ३ विकेट लिए । वरुण चक्रवर्तीले २ विकेट लिए । वैभव अरोडा, हर्षित राणा, सुनील नारायण र आन्द्रे रसेलले एक–एक सफलता हात पारे ।

रनको लक्ष्यमा कोलकाताका कप्तान श्रेयस अय्यरले २४ बलमा अविजित ५८ रन बनाए भने भेङ्कटेश अय्यरले २८ बलमा अविजित ५१ रन बनाए । यी दुईबीच ४४ बलमा ९७ रनको साझेदारी भयो । हैदराबादका प्याट कमिन्स र टी. नटराजनले एक–एक विकेट लिए ।