१ असार २०८३, सोमबार
,
Latest
डिएनए परीक्षणका लागि कानुनी व्यवस्था तत्काल बनाउन विज्ञहरूको सरकारलाई सुझाव बढ्दो मानव–हात्ती द्वन्द्वः न्यूनीकरणका लागि तत्काल प्रभावकारी परियोजना निर्माण गरी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना हाेः राष्ट्रपति पाैडेल प्रतिनिधिसभाः सांसदद्धारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका विषय उठान यार्सा उत्पादनमा ६० प्रतिशत गिरावट आयो, हिमाली अर्थतन्त्र सङ्कटमा छः सांसद बुढा झापामा जंगली हात्तीको वितण्डाः संसदमा सांसद डाँगीद्वारा सरकारको ध्यानाकर्षण लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन स्वास्थ्य मन्त्री मेहता र जर्मन प्रतिनिधिमण्डलबिच शिष्टाचार भेट, स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारबारे छलफल प्रतिनिधिसभाका ४ सांसदको समिति हेरफेर झुट्टा मुद्दा खारेज गरी युवाहरूमाथिको दमन रोक्न सांसद खतिवडाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप लामिछानेको भिसाको पहलका लागि क्यान अध्यक्ष चन्दले भेटे परराष्ट्रमन्त्री



अ+ अ-

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको भिसा प्रक्रियाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले पहल जारी राखेको छ । यसै सिलसिलामा क्यानका पदाधिकारी र सन्दीपसहितको टोलीले सोमबार परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरेको छ ।

आईसीसी टी–२० विश्वकप आउन अब एक सातामात्रै बाँकी रहेको अवस्थामा सन्दीपको भिसा अस्वीकार भएसँगै क्यानले पहल सुरु गरेको हो ।

सोमबार क्यान अध्यक्ष चतुर बहादुर चन्दसहितको टोलीले परराष्ट्रमन्त्री श्रेष्ठसँग भेट गरेका थिए । सोमबार अमेरिकी दूतावास बन्द रहेकाले मंगलबार परराष्ट्रमन्त्रीले त्यसबारे कुराकानी गर्ने बताएको क्यान अध्यक्ष चन्दले बताए ।

विश्वकप खेल्ने टोलीमा १४ जनाको नाम राखेको जानकारी दिँदै अध्यक्ष चन्दले सन्दीपको भिसा लागेमा १५ हुने र सन्दीपको भिसा नलागेमा अमेरिकामा रहेका एक जनाको नाम थपिने पनि बताए ।

बलात्कार मुद्दामा उच्च अदातल पाटनबाट सफाइ पाएसँगै सन्दीपले विश्वकपका लागि भिसा प्रक्रिया सुरु गरेका थिए । तर अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको छ ।

सन्दीपले सामाजिक सञ्जालमार्फत अमेरिकी दुतावासले भिसा दिन अस्वीकार गरेको जानकारी गराएका थिए ।

जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । यस समूहमा नेपालसँगै दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स पनि छन् ।

नेपालले ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।




भर्खरै