२३ जेष्ठ २०८३, शनिबार
,
Latest
चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः अफगानिस्तानले युगान्डालाई दियो १८४ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजित टी–२० विश्वकप अन्तर्गत अफगानिस्तानले युगान्डालाई १८४ रनको लक्ष्य दिएको छ ।

गुयनास्थित प्रोभिडेन्स स्टेडियममा टस हारेर पहिले ब्याटिङ थालेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १८५ रन जोड्यो ।

उसका लागि रहमानुल्लाह गुरबाजले ४५ बलमा ७६ तथा इब्राहिम जाद्रानले ४६ बलमा ७० रन जोडे । गुरबाजले ४ चौका तथा ४ छक्का हिर्काए भने इब्राहिमले ९ चौका र १ छक्का प्रहार गरे ।

यस्तै, मोहम्मद नाबीले १४ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ युगान्डाका कोसमस कीयुटा र ब्रायन मसाबाले २–२ तथा अल्पेस रमजानीले १ विकेट लिए ।