१ असार २०८३, सोमबार
,
Latest
चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो, राप्तीमा सबैभन्दा बढी वितरण आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः अफगानिस्तानले युगान्डालाई १२५ रनले हरायो



अ+ अ-

काठमाडौँ । अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजित टी–२० विश्वकप अन्तर्गत अफगानिस्तानले विजयी सुरुवात गरेको छ ।

भर्खरै सम्पन्न खेलमा अफगानिस्तानले युगान्डालाई १२५ रनले पराजित गरेको हो ।

१८४ रनको लक्ष्य पछ्याएको युगान्डा १६ ओभरमा ५८ रनमै अलआउट भयो । उसका लागि रोविनसन ओवुयाले १४ तथा रियाजत अलि शाहले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

खेलमा अफगानिस्तानका बलरहरु चम्किए । फजलहक फारुकीले ४ ओभरमा ९ रनमात्रै खर्चेर ५ विकेट लिए । रासिद खानले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिए भने मुजीब रहमानले ३ ओभरमा १६ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि गुयनास्थित प्रोभिडेन्स स्टेडियममा टस हारेर पहिले ब्याटिङ थालेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १८५ रन जोड्यो ।

उसका लागि रहमानुल्लाह गुरबाजले ४५ बलमा ७६ तथा इब्राहिम जाद्रानले ४६ बलमा ७० रन जोडे । गुरबाजले ४ चौका तथा ४ छक्का हिर्काए भने इब्राहिमले ९ चौका र १ छक्का प्रहार गरे ।

यस्तै, मोहम्मद नाबीले १४ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङतर्फ युगान्डाका कोसमस कीयुटा र ब्रायन मसाबाले २–२ तथा अल्पेस रमजानीले १ विकेट लिए ।