२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीसीले घोषणा गर्यो विश्वकपको पुरस्कार राशी, कुनै टिम खाली हात नफर्किने



अ+ अ-

एजेन्सी । आईसीसीले टी–२० विश्वकप २०२४ को पुरस्कार राशि घोषणा गरेको छ । आईसीसीले प्रतियोगिताको पुरस्कार राशि ११.२५ मिलियन अमेरिकी डलर राखेको छ, जुन एक कीर्तिमान हो । यो अघिल्ला टी–२० विश्वकप प्रतियोगिताहरू भन्दा धेरै हो ।

गत वर्ष भारतमा भएको एकदिवसीय विश्वकपमा पुरस्कार राशिको बजेट १० मिलियन अमेरिकी डलर थियो । नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्दैछ । प्रतियोगिताको फाइनल जुन २९ मा हुनेछ ।

यसअघिको कुनै पनि टी–२० विश्वकपमा जित्ने टोलीले यति धेरै पैसा पाएका थिएनन् । यो वर्ष यो प्रतियोगितामा कीर्तिमानी २० टोलीले खेल्दैछन् । यसै कारणले यसलाई अहिलेसम्मकै ठूलो टी–२० विश्वकप भनिएको छ ।

पुरस्कार राशीः
विजेताः २.४५ मिलियन डलर
उपविजेताः १.२८ मिलियन डलर
सेमिफाइनलमा हार्ने टोलीः ७,८७,५०० डलर
सुपर ८ बाट बाहिरिने टोलीः ३८२,५०० डलर
९–१२ स्थानमा रहने टोलीः २४७,५०० डलर
१३–२० स्थानमा रहने टोलीः २२५,००० डलर

टी–२० विश्वकपमा प्रारम्भिक राउण्ड अर्थात् समूह चरणमा ४० खेल हुनेछन् । २० टोलीलाई पाँच पाँचको चार समूहमा विभाजन गरिएको छ । समूह चरणमा आ–आफ्नो समूहको शीर्ष स्थानमा रहने दुई टोली सुपर–८ मा पुग्नेछन् । यसपछि सुपर–८ राउण्ड सुरु हुनेछ ।

त्यसपछि सेमिफाइनल र फाइनल खेल बार्बाडोसमा २९ जुनमा हुनेछ । पुरस्कार राशिको घोषणा गर्दा आईसीसीले यो प्रतियोगिता धेरै हिसाबले ऐतिहासिक रहेको भन्दै पुरस्कार राशिलाई पनि ऐतिहासिक राखिएको बताएको छ ।