२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुन: मतगणनाको आदेश रोक्न माग गर्दे व्यास नगरपालिका मेयर न्यौपाने सर्वोच्चमा



अ+ अ-

काठमाडौं । उच्च अदालत पोखराले तनहुँको व्यास नगरपालिकाको पुन: मतगणना गर्न दिएको आदेश रोक्न माग गर्दे मेयर वैकुण्ठ न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।

गत जेठ १ गते व्यास नगरपालिकाको पुन: मतगणना गर्न उच्च अदालतका न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले आदेश दिएको थियो। २०७९ वैशाखमा भएको निर्वाचनमा नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित दीपकराज जोशीले पुन: मतगणनाको माग गर्दै उच्च उदालत पोखरामा दर्ता गराउनु भएको मुद्दामा अदालतले पुन: मतगणना गर्न आदेश दिएको थियो ।

नगर प्रमुख न्यौपानेले दायर गर्नुभएको रिटको पेसी जेठ २७ गते आइतबार तोकिएको छ।

रिटमा निर्णय सर्वोच्चबाट पुनरवलोकन हुन सक्ने र सर्वोच्चबाट अन्तिम निर्णय नभएसम्म उच्चको आदेशकै भरमा पुन: मतगणना गरिए आफूलाई अपूरणीय क्षति हुने दाबी गरिएको छ ।