१ असार २०८३, सोमबार
,
Latest
स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोटः नेपाल यूएईसँग ४–० ले पराजित



अ+ अ-

काठमाडौँ । फिफा विश्वकप २०२६ दोस्रो चरण छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको दोस्रो लेगमा पनि नेपाली राष्ट्रिय फुटबल टोलीले हार बेहोरेको छ ।

साउदी अरबको प्रिन्स मोहम्मद विन फैद स्टेडियममा बिहीबार राति भएको दोस्रो लेगमा नेपाल यूएईसँग ४–० ले स्तब्ध बनेको हो । नेपाल पहिलो लेगमा यूएईसँग ४–० ले नै पराजित भएको थियो ।

युएईलाई जित दिलाउन हरिब अब्दुल्लाह सुहेलले दुई तथा अलि सलेह र अजेन मोहम्मदले समान एक–एक गोल गरे ।

विश्वकप छनोटमा लगातार पाँच खेलमा पराजित भएको नेपालले अंकको खाता खोल्न सकेको छैन । छनोटमा नेपालले १८ गोल खाँदा एक गोल पनि फर्काउन सकेको छैन ।

छनोट अन्तर्गत यमनविरुद्धको खेल पनि नेपालले साउदी अरबमा नै खेल्नेछ । यमनविरुद्धको दोस्रो लेग जेठ २९ गते हुनेछ । सो खेलपछि नेपालको विश्वकप छनोट यात्रा सकिनेछ ।

नेपालले यसअघि घरेलु मैदानको खराब अवस्थाका कारण बहराइनसँगको दुवै खेल उसकै मैदानमा खेलेको थियो ।