२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः ८ भारतीय मूलका खेलाडी लिएर पहिलोपटक भारतसँग भिड्दै अमेरिका



अ+ अ-

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेटमा अमेरिका र भारतबीच प्रतिस्पर्धाको इतिहास छैन । टी–२० विश्वकप क्रिकेटको मैदानमा आज अमेरिका र भारत पहिलो पटक आमनेसामने हुँदैछन् । खेल नेपाली समयानुसार राति सवा ८ बजे सुरु हुनेछ ।

पहिलो विश्वकप खेलेको अमेरिकाले आफ्नो नतिजाबाट सबैलाई चकित बनाएको छ । टोलीले पहिले क्यानडा र त्यसपछि पाकिस्तानलाई हरायो ।

भारतविरुद्धको अमेरिकी टोलीको अर्को अचम्मको कुरा छ । यस टोलीमा ८ खेलाडी भारतीय मूलका छन् । जसमा कप्तान मोनांक पटेल, हरमित सिंह, जसप्रीत सिंह, नोस्थुश केन्जिगे, नितिश कुमार, मिलिन्द कुमार, सौरभ नेत्रावलकर र निसर्ग पटेल समावेश छन् ।

पाकिस्तानी मूलका दुई खेलाडी अली खान र शायन जहाँगीर पनि छन् ।

लिग राउण्डमा भारतको यो तेस्रो खेल हो र टीम इन्डियाले दुई खेल जितेको छ । भारतले आयरल्याण्ड र पाकिस्तानलाई हराएको छ । यदि भारतीय टोलीले अमेरिकाविरुद्धको खेल जित्यो भने सुपर ८ राउण्डमा पुग्नेछ । यस्तै समीकरण अमेरिकामा पनि छ ।

पिचको व्यवहारमा कुनै परिवर्तनको सम्भावना छैन । यसले ब्याट्सम्यानका लागि अहिलेसम्म जस्तै समस्या सिर्जना गर्नेछ । मौसम सफा रहनेछ ।

प्लेयर्स टु वाचः
विराट कोहली – विराट कोहलीले प्रतियोगितामा एक हजारभन्दा बढी रन बनाएका छन् । उनले टी–२० विश्वकपका २७ खेलमा १४ अर्धशतक बनाएका छन् ।

रोहित शर्मा – रोहितले टी–२० विश्वकपमा एक हजारभन्दा बढी रन बनाएका छन् । उनी कोहली (११४६) पछि भारतका दोस्रो सर्वाधिक स्कोरर हुन् । रोहितले पछिल्लो खेलमा पाकिस्तानविरुद्ध १३ रन बनाएका थिए । रोहितको टी–२० अन्तर्राष्ट्रियमा ४०३९ रन रहेको छ ।

जसप्रित बुमराह– जसप्रित बुमराहले यो विश्वकपमा ५ विकेट लिएका छन् । पछिल्लो खेलमा पाकिस्तानविरुद्ध ३ विकेट लिएर खेलको प्लेयर अफ द म्याच बनेका थिए ।

आरोन जोन्स – क्यानडाविरुद्धको खेलमा आरोन जोन्सले ४० बलमा ९४ रन बनाए । इनिङ्समा १० चौका र ४ छक्का प्रहार गरेपछि अमेरिकाले खेल ७ विकेटले जित्यो ।

सौरभ नेत्रभल्करः जुन ६ मा अमेरिका र पाकिस्तानबीच भएको खेल ऐतिहासिक बन्यो । अमेरिकाले टस जितेर बलिङ रोजेको थियो । पाकिस्तानले पहिले ब्याटिङ गर्दै १५९ रन बनाएको थियो । पछ्याउन आएका अमेरिकाका कप्तान मोनांक पटेलले अर्धशतक बनाए । खेल २० औं ओभरमा टाई भएको थियो । खेल सुपर ओभरमा गयो ।

सुपर ओभरमा अमेरिकाले १८ रन बनाएको थियो । कप्तान मोनांक पटेलले १८ रन बचाउनका लागि सौरभलाई बल थमाए । सौरभले सुपर ओभरमा मात्र १३ रन दिए र अमेरिकाले पाकिस्तानलाई यस विश्वकपको सबैभन्दा ठूलो अपसेटमा पराजित गर्‍यो । सौरभ खेलको सुपर हिरो बने । मुम्बईमा जन्मेका सौरभले भारतका लागि अन्डर–१९ र रणजी खेलेका छन्, उनले टी–२० अन्तर्राष्ट्रियमा ११ विकेट लिएका छन् ।