२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेर्फेनको विष्फोटक ब्याटिङमा वेस्ट इन्डिजले दियो न्युजिल्याण्डलाई १५० रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकप क्रिकेट अन्तर्गत आयोजक वेस्ट इन्डिजले न्युजिल्यान्डसामु १५० रनको लक्ष्य दिएको छ ।

ट्रिनिडाड एण्ड टोबागोस्थित ब्रायन लारा क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ थालेको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १४९ रन जोड्यो । वेस्ट इन्डिजले अन्तिम २ ओभरमा ३७ रन जोडेको थियो ।

उसका लागि शेर्फेन रदरफोर्डले विष्फोटक ब्याटिङ गरे । उनले ३९ बलमा ६८ रन जोडे । उनको ब्याटबाट ६ छक्का र २ चौका निस्कियो । यस्तै, निकोलस पुरनले १७, अकिल हुसेनले १५, आन्द्रे रसेलले १४ तथा रोमारियो शेफर्डले १३ रन जोडे ।

बलिङतर्फ न्युजिल्यान्डका ट्रेन्ट बोल्टले ३, टिम साउथी र लोकी फर्ग्युसनले २–२ तथा जेम्स निसम र मिचेल सान्टनरले १–१ विकेट लिए ।




भर्खरै