२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशले नेदरल्यान्ड्सलाई २५ रनले हरायो, २०१४ को च्याम्पियन श्रीलंका सुपर ८ दौडबाट बाहिरियो



अ+ अ-

काठमाडौँ । ट्वान्टी–२० विश्वकपमा बंगलादेशले नेदरल्याण्ड्समाथि लगातार तेस्रो जित हात पारेको छ । बिहीबार भएको खेलमा टोलीले डच टोलीलाई २५ रनले पराजित गरेको हो ।

यो जितसँगै बंगलादेशले सुपर–८ मा आफ्नो दाबी बलियो बनाएको छ भने नेदरल्याण्ड्स भने दौडमा छ । यो नतिजासँगै २०१४ को च्याम्पियन श्रीलंका सुपर ८ को दौडबाट बाहिरिएको छ ।

किंग्सटाउनमा नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । बंगलादेशले २० ओभरमा ५ विकेट गुमाएर १५९ रन बनाएको थियो । जवाफमा नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो । यस जितको नायक बने रिशाद हुसेन । उनले ४ ओभरमा ३३ रन दिएर ३ विकेट लिए ।

नेदरल्याण्ड्सका लागि सिब्रान्ड एन्जेलब्रेचटले सर्वाधिक ३३ रन बनाए । विक्रमजीत सिंहले २६ रन र कप्तान स्कट एडवर्ड्सले २५ रन बनाए ।

बंगलादेशका लागि शकिब अल हसनले अविजित ६४ रनको अर्धशतकीय पारी खेले । उनले ३८ बलमा अर्धशतक बनाए । शकिबले टी–२० अन्तर्राष्ट्रियमा १९ इनिङ्सपछि अर्धशतक बनाएका छन् । यस्तै, तान्जिद हसनले ३५ र महमुदुल्लाहले २५ रन बनाए । नेदरल्यान्ड्सका आर्यन दत्त र पल भान मिकरेनले २–२ विकेट लिए ।

यस समूह डी बाट दक्षिण अफ्रिका सुपर ८ मा प्रवेश गरिसकेको छ । उसको ३ खेलमा ३ जितसहित ६ अंक छ । बंगलादेश ३ खेलबाट ४ अंकका साथ दोस्रो, नेदरल्यान्ड्स ३ खेलबाट २ अंकका साथ तेस्रो, नेपाल २ खेलबाट १ अंकका साथ चौंथो र श्रीलंका ३ खेलबाट १ अंकका साथ पाँचौं स्थानमा छन् ।