१ असार २०८३, सोमबार
,
Latest
संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा दश जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूजिल्यान्डको पहिलो जित 



अ+ अ-
काठमाडौँ । आइसिसी टि–ट्वाइन्टी विश्वकप क्रिकेटमा न्यूजिल्यान्डले युगान्डालाई पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ ।
वेस्टइन्डिजको ब्रायन लारा क्रिकेट एकेडेमी मैदानमा शनिबार भएको खेलमा न्यूजिल्यान्डले युगान्डलाई नौ विकेटले पराजित गर्दै विश्वकपमा पहिलो जित दर्ता गराएको हो । जितसँगै समूह ‘सी’मा रहेको न्यूजिल्यान्डले तीन खेलमा २ अङ्क जोडेको छ । चार खेले खेलेको युगान्डाको २ अङ्क छ  ।
युगान्डाले प्रस्तुत गरेको ४१ रनको सामान्य  लक्ष्य पच्छाएको न्यूजिल्यान्डले पाँच दशमलव दुई ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । न्यूजिल्यान्डका लागि डिभोन केन्वेले अविजित २२ रन बनाए । त्यस्तै फिनन् अल्लेनले नौ रन जोड्दा रचिन अभिन्द्र एक रनमा अविजित रहे ।
बलिङतर्फ युगान्डाका रियाजत अली शाहले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युगान्डाले १८ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ४० रनको योगफल बनाएको थियो । युगान्डाका लागि केनथ वाइस्वाले सर्वाधिक ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
युगान्डालाई सस्तैमा समेट्नेक्रममा न्यूजिल्यान्डका टिम साउथीले तीन विकेट लिए भने  ट्रेन्ट बोल्ट, मिचेल स्यान्टनर र रचिन रविन्द्रले समान दुई÷दुई विकेट लिए । त्यस्तै लोकी फर्गुसनले १ विकेट झारे ।