३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाका कलाकारका चित्र एक साथ प्रदर्शनी



अ+ अ-

काठमाडौँ । दुई दजर्न भन्दाबढी वरिष्ठ कलाकारका चित्र एक साथ प्रदर्शनमा राखिएका छन् । बबरमहलस्थित आर्ट काउन्सिलमा ‘सिर्जना–२०२४ थ्रेड्स स् अफ सिमुटियनिटी’ शीर्षकमा कला प्रदर्शनी गरिएको हो ।

सिर्जन कलेज अफ फाइन आर्टले आइतबारदेखि सुरु गरेको प्रदर्शनी शुक्रबारसम्म सञ्चालन हुने जनाएको छ । कलाकारहरुका चित्रकला, मूर्तिकला, कार्टुनकला तथा प्रतिस्थापन कलाले प्रदर्शनीस्थल सजिएको छ । कलेजको कला क्षेत्रमा अध्ययन गरी कलालाई प्रोत्साहन गर्दै आएका पाका पुस्तका कलाकारको सिर्जनालाई महत्वपूर्ण स्थान दिइएको आयोजकको भनाइ छ ।

प्रदर्शनीमा शशीविक्रम शाह, वैत्यगोपाल वैद्य, कृष्ण मानन्धर, मदन चित्रकार, गौतम मानन्धर, नवीन्द्रमान राजभण्डारी, लोक चित्रकार, सुनिल रञ्जीत, देविना मल्ल, सुष्मा शाक्य, देवेन्द्र पाण्डे, भावना मानन्धर, सम्झना राजभण्डारी, चन्द्रश्याम डङ्गोल, मनिषलाल श्रेष्ठ, सौरगङ्गा दर्शनधारी, कृष्ण गोपाल श्रेष्ठ, मुकेश श्रेष्ठ, कुलदिप जङगबहादुर गुरुङ, विजय महर्जन, सुर्जामणि शाक्य, मनोज शाक्य मञ्जु, सौगात शाक्य, निपुर्ण बज्राचार्य, सौगात श्रेष्ठ गरी २५ जना पाका कलाकारका सिर्जना राखिएका छन् । रासस