२४ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनले १७ जना नेपाली विद्यार्थीको नि:शुल्क मुटु उपचार गर्ने



अ+ अ-

काठमाडौं । चीनले मुटुमा गम्भीर समस्या देखिएका १७ जना नेपाली विद्यार्थीको नि:शुल्क उपचार गरिदिने भएको छ ।

नेपालका लागि चिनियाँ राजदूत छन सोङले सामाजिक सञ्जालमा दिनुभएको जानकारी अनुसार यहाँ परीक्षण गरिएका चार हजार ६८२ जना विद्यार्थीको मुटुमध्ये १७ जनाकोमा गम्भीर समस्या भेटिएको र उनिहरुको नि:शुल्क उपचार गराउने जानकारी दिनु भएको हो । उहाँले लेख्नु भएको छ नि:शुल्क उपचार भएपछि उनीहरुले नयाँ जीवन प्राप्त गर्नेछन् ।

युन्नान प्रान्तको फुवाई युन्नान अस्पताल र चिनियाँ चिकित्सा विज्ञान प्रतिष्ठानबाट आएको वरिष्ठ मुटुरोग विशेषज्ञहरुको टोलीले गरेको परीक्षणमा ती विद्यार्थीको मुटुमा समस्या देखिएको बताइएको छ ।

राजदूतले लेख्नुभएको छ, ‘मुटुरोगसँग सबन्धित परीक्षण र उपचारमा पनि दुई मुलुकबीच थप सहयोग आदान प्रदान गर्न सकिनेमा सहमत छौं ।’