२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद सचिवालयका कर्मचारीहरुको माग पूरा गर्न सरकारलाई आग्रह



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले संघीय संसद सचिवालयका कर्मचारीहरुको न्यायोचित माग सम्बोधन गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद कार्कीले संघीय संसद सचिवालयका कर्मचारीहरुको न्यायोचित मागलाई सम्बोधन गर्नुपर्ने बताउनुभएको हो । उहाँले कर्मचारीहरुले अतिरिक्त समयमा गरेको कामको भत्ता नपाएका र सरुवा पनि नहुने भन्दै उनीहरुमाथि अन्याय गर्नु नहुने बताउनु भयो । उहाँले कर्मचारीहरुको माग पुरा गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो – ‘संसदभित्र हामीहरुलाई सुविधा सम्पन्न गर्ने, हाम्रो कामहरु छिटो छरितो गर्ने, संसद चलेको बेलामा बेलुकासम्म बसेर हामीलाई सहयोग गर्ने हाम्रा सहयोगी हातहरु आज प्लेकार्ड बोकेर बाहिर बसेका छन् । उनीहरुले पाउनुपर्ने ओभरटाइम पनि पाएका छैनन् । उनीहरुको सरुवा पनि हुँदैन । उनीहरु माथि कस्तो अन्याय हो सरकारको ? अर्थमन्त्रीज्यूलाई भन्न चाहान्छु, दिएको बजेट मन्त्रालयहरुले कत्तिको सदुपयोग गरेको छ पुर्नविचार गर्नुस् । र कर्मचारीहरुको न्यायोचित मागलाई पुरा गर्नुपर्छ । कसैको पनि श्रम शोषण गर्नुपर्छ ।’

त्यस्तै आकस्म्कि समयमा बोल्दै नेकपा(एमाले)का सांसद ऋषिकेश पोखरेलले स्वास्थ्य बीमा दर्ता सहयोगीहरु विभिन्न माग राखी स्वास्थ्य बीमा बोर्डमा आएका भन्दै उनीहरुको मागको सम्बोधन गर्नुपर्ने बताउनु भयो ।

उहाँले जेठ ६ गते स्वास्थ्य बीमा बोर्डमा आफ्नो माग लिएर जाँदा दमन गरिएको भन्दै दमन गर्नेलाई कारबाही गर्न पनि माग गर्नुभयो ।