२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामाथि एकतर्फी जित निकाल्दै इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । साविक विजेता इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस टोली एकतर्फी खेलमा अमेरिकालाई १० विकेटले पराजित गर्दै शीर्ष ४ मा पुगेको हो ।

सेमिफाइनलमा स्थान बनाउने इंग्ल्यान्ड पहिलो टोली बनेको छ । ब्रिजटाउनमा इंग्ल्यान्डले सेमिफाइनलमा पुग्न १८.४ ओभरमा ११६ रनको लक्ष्य पछ्याउनुपर्ने भएपनि डिफेन्डिङ च्याम्पियनले कुनै विकेट नगुमाई ९.४ ओभरमा नै जित हात पारेको थियो ।

इंग्ल्यान्डका फास्ट बलर क्रिस जोर्डनले तीन बलमा तीन विकेट लिएर ह्याट्रिक पूरा गरे । जोर्डन टी–२० ढाँचामा ह्याट्रिक पूरा गर्ने पहिलो इङ्ल्यान्ड बलर बनेका छन् । उनीअघि इङ्ल्यान्डका कुनै पनि खेलाडीले यो उपलब्धि हासिल गर्न सकेका थिएनन् ।

अमेरिकाका लागि नितिष कुमारले ३०, कोरी एन्डरसनले २९, हरमित सिंहले २१, स्टीभन टेलरले १२ रन जोडे । अमेरिकालाई सस्तैमा सिमित गराउन इंग्ल्यान्डका क्रिस जोर्डनले ह्याट्रिकसहित ४, साम करन र आदिल रासिदले २–२ तथा रिस टोपेल र लियाम लेभिङस्टनले १–१ विकेट लिए ।

अमेरिकाले आफ्नो छैटौं विकेट ११५ रनमा गुमायो, तर त्यसपछि टोलीले एक रन जोड्न सकेन र अर्को पाँच विकेट बिना कुनै रन गुमायो । टी–२० मा कुनै टोलीले एउटै स्कोरमा पाँच विकेट गुमाएको यो तेस्रो पटक हो । यसअघि पाकिस्तानले सन् २०१० मा अष्ट्रेलिया र केन्याले २०२२ मा मालीविरुद्ध गरेको थियो ।

इंग्ल्यान्डलाई सहज जित दिलाउन कप्तान जोस बटलरले ३८ बलमा ८३ रनसहित अविजित रहे । उनले ६ चौका र ७ छक्का प्रहार गरे । यस्तै, फिल साल्ट २१ बलमा २५ रनमा अविजित रहे ।