काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ ।
योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा थप ७०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसंगै नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या २ लाख ५९ हजार ५ सय ४८ पुगेको छ ।












