२३ असार २०८३, मंगलवार
,
Latest
हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार मौद्रिक नीतिको वार्षिक समीक्षा : विस्तृत मुद्रा प्रदाय लक्ष्यभन्दा माथि सडक पूर्वाधार र सुरक्षा सरकारको प्राथमिकतामा, रुग्ण आयोजनाका ठेक्का रद्ध गरी कारबाही प्रक्रिया अघि बढाइने ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना कानुनी विवादमा सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छः कृषिमन्त्री चौधरी बजारमा देखिएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार सक्रिय छः उद्योगमन्त्री दृष्टिविहीन समुदायको आन्दोलन वार्तापछि स्थगित, माग सम्बोधनका लागि अन्तरमन्त्रालय समन्वय गर्ने सहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरहरा, रानीपोखरी ओलीले होइन कालिगढले बनाएका हुन् – झलनाथ खनाल



अ+ अ-

काठमाडौ ।  नेकपा नेपाल–दाहाल समूहका वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीले तीन वर्ष गफ चुटेर बिताएको आरोप लगाउनु भएको छ । 

भृकुटीमण्डपमा मंगलबार भएकाे विरोधसभामा नेता खनालले भन्नुभयो, केपी ओलीले मरिचमानसिंह श्रेष्ठ र नगेन्द्रप्रसाद रिजालले जत्तिको पनि काम गर्न नसकेको बताउनुभयो । नेता खनालले भन्नुभयो ‘धरहरा, रानीपोखरी ओलीले होइन कालिगढले बनाएका हुन्।’ यो  तीन बर्षमा केही काम नै भएन 

उखान टुक्काले देश नचल्ने भन्दै नेता खनालले ओलीको तीन वर्ष खेर गएको बताउनुभयो । पार्टीको निर्णयलाई उपेक्षा गरेर अघि बढेका आरोप लगाउँदै नेता खनालले  पार्टी एकताका लागि निरन्तर ओली बाधक भएको टिप्पणी गर्नुभयो ।  

लहड र सनकका भरमा प्रतिनिधिसभा विघटन गर्ने अधिकार कसैलाई पनि नभएको भन्दै नेता खनालले ओलीले संविधानमाथि बलात्कार गरेको आरोप लगाउनुभयो । देश अस्थिरतातर्फ जान लागेको भन्दै संसदको पुनःस्थापना अनिवार्य शर्त भएको नेता खनालले बताउनुभयो ।