काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय टोलीले नेता झलनाथ खनालसंग भेटवार्ता गरेको छ। सोमबार अपरान्ह नेता खनाललाई भेट्न चिनियाँ टोली निवास डल्लु पुगेका हुन् ।
आजैमात्र चिनियाँ टोलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबिच छुट्टाछुट्टै भेट गरेको थियो।
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली आइतबार नेपाल आएका हुन् । नेपाल आएकै दिन सो टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको थियो ।












