काठमाडौं । नयाँ बानेश्वरमा आयोजित काठमाडौं क्षेत्र नम्बर १ को विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानमाथि प्रहार हुँदा कांग्रेस वक्तव्य जारी गरेर बस्न नसक्ने बताएका छन् । संसद विघटनको विरोधमा कांग्रेसले सोमबार १६५ निर्वाचन क्षेत्रमै विरोध प्रदर्शन गरेको छ ।
विरोध प्रदर्शनमा प्रधानमन्त्रीले संवैधानिक कू गरेको भन्दै उनले सबै मिलेर संविधानलाई ट्र्याकमा ल्याउनुपर्ने पनि जिकिर गरे ।
सिंहले भने, हामी जिम्मेवारी संविधानमाथि प्रहार गर्दा वक्तस्य दिएर चुप लाग्ने बाला छैन ।’












