काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यझाओ नेतृत्वको टोलीले नेकपाका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेको छ। आज (सोमबार) बिहान उपमन्त्री गुओ यझाओ नेतृत्वको टोलीले दाहाल निवास खुमलटार नै पुगेर भेटवार्ता गरेको हो।
चिनियाँ कम्युनिस्ट पार्टीका सो टोलीको नेपालमा चारदिने भ्रमण कार्यक्रम रहेको छ । टोलीले आइतबार राती नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरिसकेका छन् ।
यसअघि राजदूत याङछीले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाल, पूर्वसभामुख कृष्णबहादुर महरालगायतसँग भेट गरेर विभाजनका विषयमा चासो र चिन्ता व्यक्त गरिसकेकी छिन्।












