२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

करोड लागतमा कृषि फार्म



अ+ अ-

बागलुङ । गलकोट नगरपालिका–५ हरिचौरका टोपबहादुर खत्रीलाई केही वर्षअघिसम्म आर्थिक उपार्जनका लागि कुन पेशा अपनाउने भन्नेमा द्विविधा थियो । कमाउन विदेश जाने चक्करले पनि उहाँलाई नअल्मलाएको होइन ।
 
अन्ततः सोचीसम्झी खत्री नयाँ निर्णयमा पुग्नुभयो–उत्पादनमा लाग्ने, आत्मनिर्भर बन्ने । उहाँको त्यो लक्ष्य ‘दरमखोला एग्रीकल्चर एण्ड लाइभस्टक फार्म’मार्फत अब पूरा हुँदैछ । व्यावसायिक कृषिमार्फत आर्थिक समृद्धिमा टेवा दिने कार्कीको योजनामा सोही नगरपालिका–७ मल्मका छुमबहादुर थापाको समेत साथ छ ।

नाताले साला/भेना पर्ने थापा र खत्री मिलेर कृषि र पशुपन्छीपालनमा लगानी भित्र्याउनुभएको हो । झण्डै रु एक करोडको लागतमा अहिले फार्मको पूर्वाधार बनाउने काम धमाधम भइरहेको छ । “आउँदो माघ अन्तिमसम्ममा फार्म सञ्चालनमा आउँछ”, खत्रीले भन्नुभयो, “संरचना निर्माणको काम अन्तिम चरणमा छ ।” 

गलकोट नगरपालिकाको केन्द्र वडा नं ६ स्थित मजुवाँफाटको २४ रोपनी जग्गा फार्मले ओगटेको छ । फार्ममा तरकारी खेती, माछा, बङ्गुरलगायत विभिन्न प्रजातिका कुखुरा र पन्छीपालन गर्ने योजना छ । तरकारी खेतीका लागि छ वटा टनेल र माछापालनका लागि पाँच वटा पोखरी निर्माण भइसकेका छन् ।

यस्तै २०० बङ्गुर, एक हजार गिरीराज र कोइलर, ५०० स्थानीय जातका कुखुरापालन गर्ने गरी संरचना निर्माणको काम भइरहेको छ । पाँच सय बट्टाइ, १०० लौकाट र हाँस पनि पाल्ने योजना छ । गिरीराज र कोइलर जातको कुखुरा चल्ला उत्पादन र बिक्रीका लागि पाल्न लागिएको हो ।

“पाँच हजार अण्डा राख्ने क्षमताको ह्याचरी राख्दैछौँ, गाउँमा थोरै मात्रामा कुखुरापालन गरिरहेका किसानलाई पनि चल्ला उत्पादनका लागि ह्याचरीको सुविधा दिन्छौँ”, ५६ वर्षीय थापाले भन्नुभयो । उहाँले अर्को वर्षसम्ममा रेष्टुराँ र पौडी पोखरीसहितको पार्टी प्यालेस पनि सञ्चालनमा ल्याउने योजना रहेको सुनाउनुभयो ।

आवासका लागि तीन कोठेसहित फार्मको कार्यालय भवनसमेत बनिसकेको छ । चौबीस रोपनीमध्ये साढे सात रोपनी फार्मकै नाममा जग्गा रहेको र बाँकी वार्षिक रु डेढ लाख तिर्ने गरी भाडामा लिइएको खत्रीले बताउनुभयो । “चार/पाँच वर्षदेखि नयाँ केही गरौँ भन्ने सोच आइरहेको थियो, अन्य विकल्पमा पनि प्रयास गरियो”, ३९ वर्षीय खत्रीले भन्नुभयो, “पछि कृषितिर मन गयो, गत चैतमै फार्म शुरु गर्ने योजना थियो, लकडाउनले गर्दा पछाडि धकेलियो ।” उहाँले फार्म पूर्णरुपमा सञ्चालनमा आउँदा १० देखि १५ जनाले प्रत्यक्ष रोजगारी पाउने बताउनुभयो ।

फार्ममा उत्पादित कृषि तथा पशुपन्छीजन्य उत्पादनका लागि बजारको कुनै समस्या नहुने उहाँको भनाइ छ । गलकोट र आसपासकै बजार र ग्रामीण भेगमै उत्पादन खपत हुने फार्म सञ्चालकको विश्वास छ । नजिकै पुष्पलाल मध्यपहाडी लोकमार्गलगायत अन्य सडकको पहुँच भएकाले ढुवानी गर्न सहज छ ।

दरमखोलाको सिञ्चित क्षेत्र भएकाले मजुवाफाँटमा पानीको बाह्रैमास सुविधा छ । पछिल्लो समय जिल्लामा व्यावसायिक कृषि र पशुपन्छीपालनतर्फ आकर्षण बढ्दो छ । रासस