२३ असार २०८३, मंगलवार
,
Latest
पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार मौद्रिक नीतिको वार्षिक समीक्षा : विस्तृत मुद्रा प्रदाय लक्ष्यभन्दा माथि सडक पूर्वाधार र सुरक्षा सरकारको प्राथमिकतामा, रुग्ण आयोजनाका ठेक्का रद्ध गरी कारबाही प्रक्रिया अघि बढाइने ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना कानुनी विवादमा सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छः कृषिमन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिलाई भेटेर सपना रोकाको यस्तो अनुरोध



अ+ अ-

काठमाडौं । बीबीसीको सन् २०२० मा विश्वका १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर  नेपालमा महिला, बालबालिका तथा सडक बालबालिकाको अवस्था निकै नाजुक रहेकोले त्यसतर्फ ध्यान दिन आग्रह गरेकी छिन् ।  उनले महिला राष्ट्रपति भएको देशमा नै यतिधेरै महिला र बालबालिकाले दुःख पाइरहेका भन्दै यसको समाधानका लागि आग्रह गरेकी हुन् ।  

उनले आज राष्ट्रपतिलाई भेटेर सो आग्रह गरेकी हुन् । रोका मगर नेपालका बेवारिसे सवहरुको व्यवस्थापन गर्दै आएकी छिन् र सोही उल्लेखनीय कार्य बापत उनलाई बीबीसले सो सूचीमा राखेको हो ।उनको कार्यको उचित मूल्यांक गरेर राष्ट्रपतिले उनलाई भेट्न बोलाएकि थिइन् । राष्ट्रपतिसँग रोका मगरले बेवारिसे र बेसहाराहरुको उचित किसिमको व्यवस्थापनका साथै सरकारबाट मानवसेवाको  लागि छुट्टाइएको बजेट सही ठाउँमा सदुपयोग  गर्न पनि आग्रह गरेको बताइन् । 

महिला रास्ट्रपति भएको देश नेपालमै ससाना बालबालिका बलात्कारको शिकार भएर मर्नु परेको दुःखद अवस्था रहेकोले यो अवस्थाको निराकरणका लागि आवश्यक निर्देशन दिनका लागि उनले आग्रह गरेको जानकारी दिइएको छ । 




भर्खरै