२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाडो याममा हातखुट्टाका औंला सुन्निने-चिलाउने गर्छ भने अप्नाउनुहोस् यस्तो उपाय



सांकेतिक तस्बिर
अ+ अ-

जाडो मौसममा कतिपय मानिसलाई हातखुट्टाका औंला रातो हुने, सुन्निने, चिलाउने, पोल्ने वा घाउ भएर फुट्ने जस्ता समस्याले सताउने गर्छ । यो समस्यालाई मेडिकल भाषामा चिलब्लेन भनिन्छ । मुटु रोगी, बाथ रोगी र अन्य दीर्घरोगीहरुमा यो समस्या बढी देखिन्छ । जाडो याममा घरधन्दामा बढी सक्रिय हुनेलाई औँलामा यी समस्या देखिन्छ। जस्तै, चिसो पानीले भाडा माझ्नाले, चिसो पानीमै लुगा धुने वा अन्य घरायसी काममा बारम्बार पानी चलाइरहने अथवा चिसो ठाउँमा धेरैबेर बस्न पर्ने मानिसहरुलाई चिलब्लेन हुन्छ । यी घरेलु उपाय अपनाउँदा पनि चिलब्लेन रोग निको नभएको खण्डमा छाला रोग विशेषज्ञको सल्लाहमा उपचार गर्नु पर्छ ।
 
चिलब्लेनका लक्षणहरु  

१) चिसो लागेको भागमा छालाको रङ विस्तारै परिवर्तन हुन्छ

२) छालाको रङ गाढा निलो र रातो हुने गर्छ 

३) पोल्ने, चिलाउने, सुनिने र दुख्ने गर्छ 

४) चिलाएको ठाउँमा कन्याउँदा घाउसमेत हुन सक्छ 

चिलब्लेनबाट बच्ने उपायहरु

१) चिसोबाट जोगिनु नै यो समस्याबाट बच्ने मुख्य उपाय हो

२) हात खुट्टाका औंलाहरु घाममा सेकाउने 

३) जोडो मौसममा चिसो पानी सकभर नखेलाउने  

४) जाडो याममा हातखुट्टा छोप्ने गरी न्यानो लुगा लगाउने

५) शरीरको खुला भागलाई पनि न्यानो पारेर राख्ने 

६)  न्यानो टोपी, मोजा, पञ्जा लगाएर मात्रै घर बाहिर निस्कने 

७) साँझ बिहान आगो वा हिटर बालेर ताप्ने 

८) भाडा माझ्दा, लुगा धुँदा र घरायसी काम गर्दा सकेसम्म मन तातो पानीको प्रयोग गर्ने 

९)  विहान बेलुका मनतातो पानीमा करिब १५ मिनेट हातखुट्टा डुबाउने 

         (एजेन्सीको सहयोगमा)