३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैतडीमा जिप दुर्घटना: चालकको मृत्यु, ३ जना घाइते



अ+ अ-

कैलाली । आज बिहान बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु र ३ जना घाइते भएका छन् ।  भएको छ । ३ जना घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जनक बहादुर धामीले जानकारी दिए ।  से १ ज ८४३ नम्बरको बोलेरो जिप धनगढीबाट बझाङ बित्थडका लागि छुटेको थियो । दुर्घटनामा बझाङको बुंगल नगरपालिका–११ का जिप चालक अन्दाजी २७ वर्षीय धन बहादुर बोहराको मृत्यु भएको छ ।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना बैतडीको सुर्नया गाउँपालिका–८ आलगैरामा भएको हो । उनीहरूलाई उपचार गर्न डडेल्धुरा अस्पताल लगिएको प्रहरी निरीक्षक धामीले बताए ।

दुर्घटनामा परी बझाङको बित्थडचीर गाउँपालिकाका हरिस बोहरा पनि घाइते भएका छन् । उनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जिपमा चालकसहित ४ जना थिए । दुर्घटनाको कारण खुलेको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब १ सय ५० मिटर तल खसेको छ ।