३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जाका कोरोना संक्रमितको उपचारका क्रममा बुटवलमा मृत्यु



अ+ अ-

बुटवल । स्याङ्जाका एक कोरोना संक्रमितको बुटवलमा मृत्यु भएको छ । स्याङ्जाको कालिगण्डकी गाउँपालिका–४ का ७२ वर्षीय पुरुषको मंगलबार राति उपचारका क्रममा मृत्यु भएको हो ।

मंसिर २६ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष पुस ४ गते कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा भर्ना भएकामा मंगलबार राति १२ बजेर ५ मिनेटमा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।