२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजारमा देखिएन राजनैतिक असर, करीब ७ अर्बको कारोबार हुँदै हालसम्मकै उच्च अंकले उकालो लाग्यो



अ+ अ-

काठमाडौं । मंगलबार शेयर बजार ९५ दशमलव ४६ अंकले बढेर २ हजार ६१ दशमलव ४१ विन्दुमा पुगेको छ । यो दिन हालसम्मकै उच्च अंकले शेयर बजार बढेको हो । कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १५ दशमलव १८ अंक बढेर ३९१ दशमलव ७४ विन्दुमा पुगेको छ ।

यो दिन १७५ ओटा कम्पनीको शेयरमूल्य बढेको छ भने १२ ओटा कम्पनीको घटेको छ । बाँकी १८ ओटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यस दिन शिखर इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयरमूल्य १० प्रतिशतले बढेको छ भने नबिल बैंकसँगै ११ ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

हालसम्मकै उच्च अंकले बजार बढेको दिन नारायणी डेभलपमेण्ट बैंकको ९ दशमलव ९२ प्रतिशत र युनाइटेड इदी मर्दीको शेयरमूल्य ९ दशमलव ९० प्रतिशतले घटेको छ ।

नेप्से परिसूचक वृद्धिसँगै मंगलबार कारोबार रकम पनि रू. ६ अर्ब ७४ करोड ७ लाख ४४ हजार रहेको छ । यो दिन २०५ ओटा कम्पनीको ५५ हजार ७२१ पटकको व्यापारमा उक्त रकम बराबरको १ करोड २७ लाख १७ हजार १४६ कित्ता शेयर कारोबार भएको छ ।

यो दिन कारोबार रकममा सर्वाधिक कारोबार नेपाल लाइफ इन्स्योरेन्सले ओगटेको छ । उक्त कम्पनीको रू. ८६ करोड ३६ लाख ८२ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक कारोबार गरेको उक्त कम्पनीको शेयरमूल्य पनि ९ दशमलव ९६ प्रतिशत बढेको छ । प्रतिकित्ता रू. २१३ ले बढेर उक्त कम्पनीको मंगलबार अन्तिम शेयरमूल्य रू. २ हजार ३५१ पुगेको हो ।

यस दिन १ हजार ९८७ दशमलव ४८ विन्दुदेखि खुला भएको बजार निरन्तर बढेर बन्द भएको हो । यसअघि २०७३ साल साउन २५ गते बजार ८४ दशमलव ५१ अंकले बढेको थियो । त्यसपछिको उच्च अंकको वृद्धि मंगलबारको बजारमा भएको हो । यो दिन कारोबारमा आएका १२ ओटै समूहको परिसूचक बढेको छ ।

बैंकिङ समूहको ४ दशमलव ४२ प्रतिशत, व्यापारिकको ४ दशमलव शून्य ९ प्रतिशत, होटलको १ दशमलव शून्य ८ प्रतिशत, विकास बैंकको ३ दशमलव ११ प्रतिशत, जलविद्युतको ५ दशमलव १४ प्रतिशत, वित्तको ३ दशमलव शून्य १ प्रतिशत, निर्जीवन बीमाको ५ दशमलव ७३ प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशमलव ३५ प्रतिशत, अन्यको ५ दशमलव शून्य ४ प्रतिशत, लघुवित्तको ३ दशमलव ३६ प्रतिशत, जीवन बीमाको ७ दशमलव ४३ प्रतिशत र म्यचुअल फण्डको शून्य दशमलव ७२ प्रतिशतले परिसूचक बढेको हो ।