३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौतमलाई मनाउन नेपाल-खनाल र श्रेष्ठ भैसेपाटीमा, कुनै बैठकमा नजाने गौतमको जवाफ



अ+ अ-

काठमाडौ । उपाध्यक्ष वामदेव गौतमलाई आफ्नो पक्षमा ल्याउनका लागी वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ भैंसेपाटीमा रहेको गौतम निवास पुग्नुभएको छ ।

पार्टी फुटको साक्षी नबस्ने भन्दै गौतम दुबै समुहको छलफलमा उपस्थित हुनुभएको छैन । तीन नेता बिहान गौतम निवासमा पुगेर दिउसो बस्ने आफु पक्षको केन्द्रीय समितको बैठकमा आउन अनुरोध गर्नुभएको थियो ।

तर गौतमले आफू कुनै बैठकमा नजाने जवाफ तीन नेतालाई दिनु भएको उहाँ निकट नेताले जानकारी दिनुभयो ।