२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्ता पनि मुख्यमन्त्री ! घाइते सडकमै तड्पिए



अ+ अ-

काठमाडौं । मोरङको बेलबारी ४ मा सोमबार एक स्कुटर दुर्घटनामा पर्यो । दुर्घटनामा परी घाईते हुनेमा बेलबारी नगरपालिका ११ का ४३ वर्षीय अर्जुन खत्री र सोही स्थानका ६३ वर्षीय दुर्गा भण्डारी रहेछन् । तर सो दुर्घटना भईरहँदा वरिपरीका मानिसहरु भने मुकदर्शक बनेर नै बसिरहेका थिए ।

कसैलाई पनि ति घाईतेहरुलाई सहयोग गरेनन् । पूर्व पश्चिम राजमार्गमा भएको सो दुर्घटनामा उनीहरुको तड्पन र छटपटाहटलाई मानविय सहयो गर्न कसैको मनमा त्यो भावनै आएन । त्यतिकैमा झापाबाट आउँदै गरेका मुख्यमन्त्री शेरधन राईको सवारी लस्कर सोही स्थानमा पुग्यो। तर, सो लस्करले पनि घाइतेलाई सडकमै छोडेर हिँड्यो। लस्करमा मुख्यमन्त्री राईले सडकमा भएको दुर्घटनालाई नजरअन्दाज गरेर हुँईकिए ।

उनीसँगै रहेका सुरक्षाकर्मीलाई पनि उनले उद्धार गर्न भनेनन्। केहिसमय पश्चात मुख्यमन्त्रीको लस्कर त्यहाँबाट गइसकेपछि प्रहरी त्यहाँ पुगेर घाइतेको उद्धार गर्यो। तर, उद्धारमा ढिलाई भइसकेको थियो। घाइते मध्ये खत्रीको निधन भइसकेको छ। अर्को घाइते भण्डारीको उपचार भइरहेको प्रहरीले जनाएको छ।