काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपाका सांसदहरुको बैठक जारी रहेको छ । बैठकमा पूर्वमाओवादीबाट मन्त्री बनेकाहरुको पनि उपस्थिती रहेको छ । संसद विघटन गरी आगामी बैशाखमा मध्यावधि निर्वाचन गर्ने निर्णयबारे ओलीले सांसदहरुलाई ब्रिफिङ गर्ने बताइएको छ ।

गृहमन्त्री रामबहादुर थापा (बादल) भने बालुवाटारको बैठकमा सहभागी छैनन् । आज बिहान मात्रै नेकपाका दुवै पक्ष प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–माधव नेपाल पक्षले आफ्ना पक्षका सांसदहरुको अलग–अलग बैठक बोलाएका हुन् ।

ओली पक्षले बिहान नौ बजे बालुवाटारमा र प्रचण्ड–माधव नेपाल पक्षले दिउँसो १ बजे संसद भवनको ल्होत्से हलमा सांसदहरुको बैठक बोलाएका छन् ।












