काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशमा कुनै पनि उल्लेखनिय मौसमी प्रणाली छैन ।
यसैगरी, आज बिहान पूर्वी तथा पश्चिमी नेपालको तराई भूभागमा हुस्सु र कुहिरो लागिरहेको महाशाखाले जारी पूर्वानुमानमा उल्लेख छ ।
दिउँसोः प्रदेश नं १ तथा गण्डकी प्रदेशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
रातीः देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।












