काठमाडौँ । प्रमुख पतिपक्ष दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।
राष्ट्रपतिबाट जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र उत्पन्न परिस्थितिबारे छलफल गर्न कांग्रेसले बुधबार एक बजे बुढानिलकष्ठमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारी बोलाइएको हो ।
सरकार र प्रधानमन्त्रीको इच्छाअनुसार राष्ट्रपति चलेको भन्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले यसको विरोध गरिने बताए ।
'अध्यादेश, सरकारको सर्वसत्तावादी रवैया र राष्ट्रपतिको भूमिकाको विषयमा समेत छलफल गरेर पार्टीभित्र साझा धारणा बनाउन पदाधिकारीको बैठक गर्न लागिएको हो,' नेता पौडेलले भने ।












