२४ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यान्सरसँग लड्दै आएकी अभिनेत्री हिना खानले आफ्नो टाउको खौरिइन्



अ+ अ-

एजेन्सी । चर्चित टिभी अभिनेत्री हिना खान अहिले क्यान्सरसँग लड्दै छिन् । यसैबीच हिनाले सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गरेकी छिन्, जसमा उनी आफ्नो टाउको खौरेको देखिएकी छिन् ।

सेयर गरिएको भिडियोमा हिनाले क्यान्सरका कारण धेरै कपाल झर्न थालेको बताइन् । कपाल झरेको देख्नु तनावपूर्ण र डिप्रेसन जस्तै थियो । यही कारणले उनले आफ्नो टाउको खौराउने निर्णय गरिन् ।

भिडियोमा, हिनाले सबै क्यान्सर पीडितहरूका लागि एक प्रेरणादायक सन्देश पनि साझा गरिन् र मानिसहरूलाई मानसिक रूपमा बलियो रहन अनुरोध गरिन् ।

हिनाले भनिन्– ‘म यसमा काम गर्न चाहन्छु । म सकारात्मक हुन चाहन्छु, म खुशी हुन चाहन्छु । म त्यो सबै गर्न चाहन्छु जसले मलाई यो सम्पूर्ण यात्रामा कुनै पनि मानसिक समस्या नआओस् ।’

हिना तेस्रो चरणको स्तन क्यान्सरबाट पीडित छिन् । उनको मुम्बईको कोकिलाबेन अस्पतालमा उपचार भइरहेको छ । यो कुरा अभिनेत्रीलाई थाहा भएदेखि नै उनले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा सकारात्मक पोष्ट शेयर गरिरहेकी छिन् ।